२०७९ जेठ १३ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)
नगरप्रमुख लामाद्वारा भण्डारा अस्पतालको अनुगमन

राप्ती, १३ जेठ । राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामाले भण्डारा अस्पतालको अनुगमन गरेका छन् । शुक्रबार उनले आफू निर्वाचित भएपछि पहिलोपटक अस्पतालको अनुगमन गरेका हुन् । अस्पतालको अवस्था र त्यहाँ भएको कमिकमजोरीलाई मुख्य आधार बनाइ उनले अनुगमन गरेका हुन् । टिकट काट्ने समय, शैय्याको व्यवस्थापन, ल्याबको अवस्था र औषधीहरुको मूल्य निर्धारण तथा खरिदबिक्री प्रक्रियाबारे नगरप्रमुख […]
राप्तीमा राप्ती पत्रकार मञ्च गठन

राप्ती, १३ जेठ । पूर्वी चितवनको राप्तीमा राप्ती पत्रकार मञ्च गठन गरिएको छ । शुक्रबार राप्तीको वीरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । भेलाले तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर मगर, सचिवमा सुरोज बराकोटी, सहसचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई सर्वसम्मत चयन गरेको छ । तदर्थ […]
खैरहनीमा श्रीमतीलाई कुटपिट गर्दै पाठेघर निकाल्ने व्यक्ती पक्राउ, घाइतेको उपचार जारी

खैरहनी, १३ जेठ । खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर कुटपिट गर्दै पाठेघर निकालीदिएको घटना बाहिरिएको छ । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साँझ कुटपिट गर्दै श्रीमतीको यौनाङ्गमा हात हालेर पाठेघर निकालिदिएका हुन् । स्थानीयले बिहीबार राती ८ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुग्दा यौनाङ्गमा हात हालेर पाठेघर बाहिर निकालिएको गम्भीर अवस्थामा […]
भरतपुरकी मेयर दाहाल चढेको गाडी दुर्घटना

भरतपुर,१३ जेठ । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी शुक्रबार दुर्घटनामा परेको छ । ललितपुरको जावालाखेलमा गाडी दुर्घटनामा परेको हो । मेयर दाहाललाई सामान्य चोट लागेको जनाइएको छ । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।
कोपनहेगनका नेपालीद्वारा देवचुलीका भुसाललाई आर्थिक सहयोग

देवचुली, १३ जेठ । कोपनहेगनमा रहेका नेपालीले देवचुली १० का प्यारालाइसिस बिरामी परमानन्द भुसाललाई आर्थिक सहयोग गरेका छन् । देवचुली १० निवासी हाल कोपनहेगन डेनमार्क बस्ने प्रेमप्रसाद रेग्मीको विशेष पहलमा कोपनहेगनमा रहेका नेपालीहरुबाट संकलित १ लाख ३६ हजार ९ सय बीस रुपैयाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो । देवचुली १० निवासी भुसाल विगत ३ वर्षदेखि […]
काठमाडौँ महानगर आफ्नो परिवार भएको नवनिर्वाचि प्रमुख बालेन्द्र साहको दाबी

काठमाडौँ, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले महानगरका मतनदाताहरूलाई परिवारका रूपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित निर्वाचन आयोगको महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् । काठमाडौँलाई आफूले सधैं परिवारको रूपमा लिएको र भविष्यमा पनि आफूले शहरलाई परिवारकै व्यवहार गर्ने उनको भनाइ […]