खैरहनीमा श्रीमतीलाई कुटपिट गर्दै पाठेघर निकाल्ने व्यक्ती पक्राउ, घाइतेको उपचार जारी

खैरहनी, १३ जेठ ।

खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्धक बनाएर कुटपिट गर्दै पाठेघर निकालीदिएको घटना बाहिरिएको छ ।

खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साँझ कुटपिट गर्दै श्रीमतीको यौनाङ्गमा हात हालेर  पाठेघर निकालिदिएका हुन् । स्थानीयले बिहीबार राती ८ बजे  प्रहरीलाई खबर गरेपछि घटनास्थलमा प्रहरी पुग्दा यौनाङ्गमा हात हालेर पाठेघर बाहिर निकालिएको गम्भीर अवस्थामा पीडित भेटिएपछि प्रहरीले तुरुन्तै उपचारको लागि अस्पताल पुर्‍याएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख अनोज विश्वकर्माले बताए ।

कुटपिटबाट घाइते पीडितलाई उपचारका लागि राति नै उद्धार गरि  भरतपुर अस्पताल लगिएको प्रमुख विश्वकर्माले जानकारी दिए  । आरोपित माझीलाई  बिहीबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीका सूचना अधिकृत डिएसपी नरहरि अधिकारीका अनुसार पक्राउ परेका माझीलाई ज्यान मार्ने उद्योग र जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत चितवनबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट