कोपनहेगनका नेपालीद्वारा देवचुलीका भुसाललाई आर्थिक सहयोग

देवचुली, १३ जेठ ।
कोपनहेगनमा रहेका नेपालीले देवचुली १० का प्यारालाइसिस बिरामी परमानन्द भुसाललाई आर्थिक सहयोग गरेका छन् । देवचुली १० निवासी हाल कोपनहेगन डेनमार्क बस्ने प्रेमप्रसाद रेग्मीको विशेष पहलमा कोपनहेगनमा रहेका नेपालीहरुबाट संकलित १ लाख ३६ हजार ९ सय बीस रुपैयाँ बिरामीका परिवारलाई हस्तान्तरण गरिएको हो ।

देवचुली १० निवासी भुसाल विगत ३ वर्षदेखि रक्तचाप सहित प्यारालाइसिसका बिरामी भई नियमित उपचार गराईरहेका छन् । समुदायका विभिन्न व्यक्तिहरुको उपस्थितिमा आज भुसालको घरमा देवचुली १० का वडाध्यक्ष रेप्तीकुमार घर्ती मगर र प्रेमप्रसाद रेग्मीका बुवा मुक्तिप्रसाद रेग्मीको हातबाट सो रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

देवचुली १० निवासी भुसालको उपचारका लागि कोपनहेगनबाट सहयोग संकलनका लागि विशेष पहल गर्नुहुने प्रेमप्रसाद रेग्मीलगायत सम्पूर्ण सहयोगीहरुलाई देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।अध्यक्ष घर्ती मगरले वडा कार्यालयबाट भुसाल परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आज भएको सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्य, स्थानीयको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण कृष्ण सापकोटाले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट