काठमाडौँ महानगर आफ्नो परिवार भएको नवनिर्वाचि प्रमुख बालेन्द्र साहको दाबी

काठमाडौँ, १३ जेठ ।

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले महानगरका मतनदाताहरूलाई परिवारका रूपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आयोजित निर्वाचन आयोगको महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् ।

काठमाडौँलाई आफूले सधैं परिवारको रूपमा लिएको र भविष्यमा पनि आफूले शहरलाई परिवारकै व्यवहार गर्ने उनको भनाइ थियो । यस्तै महानगरको प्रमुख पदमा निर्वाचित हुनुलाई आफ्नो विजयका रूपमा नभई कामको सुरुवात गर्ने अवसरका रूपमा लिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाकालाई सुन्दर शहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । सबैको साथ र सहकार्यले काठमाडौँलाई देशको मात्र नभई विश्वकै उत्कृष्ट शहर बनाउन सकिने उनले सुनाए ।

स्वतन्त्र रूपमा प्रमुख पदको उम्मेद्वारी दिएका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । स्थापितले भने ३८ हजार ११७ मत मात्रै ल्याए ।

महानगरपालिको उपप्रमुख पदमा भने एमालेतर्फकी उम्मेद्वार सुनिता डंगोलकी निर्वाचित भएकी हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट