राप्तीमा राप्ती पत्रकार मञ्च गठन

राप्ती, १३ जेठ ।
पूर्वी चितवनको राप्तीमा राप्ती पत्रकार मञ्च गठन गरिएको छ । शुक्रबार राप्तीको वीरेन्द्रनगरमा भएको राप्तीका पत्रकारहरुको भेलाले राजन दिल गुरुङको अध्यक्षतामा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

भेलाले तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर मगर, सचिवमा सुरोज बराकोटी, सहसचिवमा आशिष उप्रेती र कोषाध्यक्षमा सुजा गौतमलाई सर्वसम्मत चयन गरेको छ । तदर्थ समितिको सदस्यहरुमा दिलिप डल्लाकोटी, मिलन प्रजा चेपाङ र विवश पाठक रहेका छन् ।

चितवनमा थुप्रै पत्रकारहरु भए पनि राप्ती क्षेत्रका समाचारहरु मिडियामा कम आउने गरेकोले राप्तीका विषयवस्तुलाई समेट्न यो मञ्च गठन गरिएको अध्यक्ष राजन दिल गुरुङले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट