चितवनमा वैशाखयता भदौमा थपिए कोरोनाका न्यूनतम संक्रमित

भरतपुर, ५ असोज । चितवन जिल्लामा गएको वैशाख महिनायता भदौमा कोरोना भाइरसका सबैभन्दा कम २ हजार १११ जना संक्रमित थपिएका छन् । जिल्लामा साउन महिनामा हालसम्मकै सर्वाधिक संक्रमित थपिएकामा भदौमा अघिल्लो महिनाको तुलनामा करिब ६० प्रतिशत थोरैमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार २०७८ साउनमा ५ हजार २६५ जनामा भाइरसको संक्रमण पुष्टि […]
दुई वर्षमा थपिए चार सय गिद्ध

भरतपुर, ५ असोज । नेपालमा लोपोन्मुख प्रजाति अन्तर्गत रहेको गिद्धको संरक्षणमा पछिल्ला केही वर्षयता सामान्य प्रगति भएको सरोकारवालाहरूले जनाएका छन् । नेपाल पन्छी संरक्षण संघले गएको भदौ १९ गते (सेप्टेम्बर ४) स्याङ्जा, अर्घाखाँची, नवलपरासी, चितवन, दाङ, कैलाली लगायत विभिन्न ३८ वटा जिल्लामा गिद्ध गणना गर्दा अघिल्लो वर्षको तुलनामा बढी गिद्ध पाइएका हुन् । अन्तर्राष्ट्रिय गिद्ध […]
साहस ऊर्जाको आइपिओ बुधबारदेखि भर्न पाइने

भरतपुर, ५ असोज । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्न लागेको हो । निष्कासन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र […]
नन्दन सामुदायिक वनको २३औँ साधारणसभा सम्पन्न

गैंडाकोट, ५ असोज । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको २३औँ साधारणसभा मंगलबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका नगर प्रमुख छत्रराज पौडेलले सामुदायिक वनले आफ्ना कार्यक्रम सञ्चालन गर्दाखेरी देखिने र उपभोक्ताले प्रत्यक्ष लाभ लिनसक्ने कार्यक्रम सञ्चालन गर्नसक्ने हो भने कार्यक्रम प्रभावकारी बन्ने बताए । पौडेलले आफ्नो बाटोका छेउमा फलफूलका विरुवा रोप्ने […]
पुस्तक व्यवसायीले प्रभु इन्स्योरेन्ससँग व्यावसायिक बीमा गर्ने सहमति

भरतपुर, ५ असोज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको छैटौं पूर्ण बैठक नगरकोटमा सम्पन्न भएको छ । बैठकमा बागमती प्रदेश अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष र सचिवहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको बागमती प्रदेश अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए । बैठकमा व्यवसायमा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न व्यवसाय बीमाको अवधारणालाई प्रमुख एजेण्डा बनाई छलफल […]
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय
भरतपुर, ५ असोज । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा निर्णय गरेको छ । बैठकले राजनीतिक नियुक्तिका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यस्तै, सरकारले कोभिड १९ संकट व्यवस्थापन विधेयकलाई संसद्मा लैजान स्वीकृति प्रदान गरको छ । यसैगरी कोभिड १९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गरेको छ । बैठकले कर्णाली करिडोर अन्तर्गत करिब साढे १८ […]
राजनीतिक रुपमा नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

भरतपुर, ५ असोज । सरकारले राजनीतिक आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले राजनीतिक भागवण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवाका ‘करिअर डिप्लोम्याट’ बाहेकका राजनीतिक निर्णयका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा […]
अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन सर्यो

भरतपुर, ५ असोज । नेकपा (माओवादी केन्द्र) अनेरास्ववियू (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । तयारी नपुगेकाले सम्मेलन सारिएको उनको भनाइ छ । पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा […]
कुलमानकै पक्षमा सर्वोच्चको आदेश

काठमाडौँ, ५ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्राधिकरणबाट सरुवा गरिएका हितेन्द्रदेव शाक्यले घिसिङलाई काममा रोक लगाउन माग गर्दै सर्वोेच्चमा रिट हालेका […]
क्यानडाका प्रधानमन्त्री ट्रुडो तेस्रो पटक पनि निर्वाचित

क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । मतगणना जारी रहेकाले अहिले उहाँको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उहाँ र उहाँको पार्टीको जितसँगै उहाँ तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ । निर्वाचनमा उहाँको दल र उहाँ फेरि […]
नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रुकाे सकसपूर्ण यात्रा

गैंडाकोट, ५ असोज । रासस विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब एक सय १४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैंडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ […]
चितवनमा आजदेखि ३५ वर्षमाथिका सबैलाई खोप, १८ वर्ष कटेका विद्यार्थीलाई पनि दिइने

भरतपुर,५ असोज। चीनबाट खरिद गरी ल्याइएको ४४ लाख भेरोसेल खोपमध्ये एक लाख १० हजार मात्रा खोप चितवनमा आइपुगेको छ । त्यसमध्ये खोपको ६५ हजार मात्रा दोस्रो मात्रा लगाउन बाँकी रहेका लक्षित समूहका लागि छुट्याइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । बाँकी ४५ हजार मात्रा खोप ३५ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई मंगलबारदेखि पहिलो मात्रा […]
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज

भरतपुर, ५ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै छ । एमालेबाट चाेइटिएर गएकाे माधवकुमार नेपाल नेतृत्वकाे साे पार्टीकाे पहिलाे केन्द्रीय समिति बैठक बस्न लागेकाे हाे । बैठकमा संगठन विस्तार, सरकारमा सहभागितालगायत सममायिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बताइएकाे छ । माधवकाे पार्टीले अहिलेसम्म ५५ जिल्लामा कार्यसमिति गठन गरिसकेकाे दाबी गरेकाे छ […]
२०७८ असोज ५ गते मंगलबारको कायाकैरन दैनिक (E-paper)
आजदेखि सोह्र श्राद्ध सुरु, यस्ताे छ धार्मिक महत्व

भरतपुर, ५ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने […]