पुस्तक व्यवसायीले प्रभु इन्स्योरेन्ससँग व्यावसायिक बीमा गर्ने सहमति

भरतपुर, ५ असोज ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागमती प्रदेशको छैटौं पूर्ण बैठक नगरकोटमा सम्पन्न भएको छ । बैठकमा बागमती प्रदेश अन्तर्गतका जिल्ला शाखाका अध्यक्ष र सचिवहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि गरिएको बागमती प्रदेश अध्यक्ष नारायणकुमार श्रेष्ठले बताए ।

बैठकमा व्यवसायमा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न व्यवसाय बीमाको अवधारणालाई प्रमुख एजेण्डा बनाई छलफल गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
`बागमती प्रदेश अन्तर्गतका प्रतिनिधि व्यवसायीहरूसँगको सहमतिमा प्रभु इन्स्योरेन्ससँग व्यावसायिक बीमा गर्ने भनि सम्झौता सम्पन्न भएको छ´ – अध्यक्ष श्रेष्ठले भने ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रभू इन्स्योरेन्सका सिइओ सन्चित बज्राचार्यले इन्स्योरेन्सको पोलिसीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सल्लाहकार संयोजक कृष्णचन्द्र पौडेल, सल्लाहकार तुलसी अधिकारी, विजयकृष्ण महर्जन, किरणबाबु न्यौपाने, रोशन शाहलगायतले व्यावसायिक धारणा राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट