भरतपुर, ५ असोज ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज बस्दै छ ।
एमालेबाट चाेइटिएर गएकाे माधवकुमार नेपाल नेतृत्वकाे साे पार्टीकाे पहिलाे केन्द्रीय समिति बैठक बस्न लागेकाे हाे । बैठकमा संगठन विस्तार, सरकारमा सहभागितालगायत सममायिक राजनीतिक विषयमा बैठकमा छलफल हुने बताइएकाे छ ।
माधवकाे पार्टीले अहिलेसम्म ५५ जिल्लामा कार्यसमिति गठन गरिसकेकाे दाबी गरेकाे छ ।





