बीसीजी खोप लगाएकालाई केरोनाभाइरसको जोखिम कम !

एक अध्ययनले क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने मानिसको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको साइट मेडआरएक्सआईभीका अनुसार क्षयरोगका लागि बीसीजी खोप दिइने मुलुकमा कोभिड–१९ का संक्रमित र मृतकको संख्या पनि कम देखिएको हो । द साउथ चाइना मर्निङ पोष्टका अनुसार, […]
कोरोनाभाइरसबाट निको भएकी युवती भन्छिन् “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

लाउरान नीगार्ड र मार्शल रिजेल न्यूयोर्क, २१ चैत (रासस–एपी) कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पु–याउन […]
ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

वासिङ्टन, २१ चैत (रासस–एएनआई) संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो । उहाँले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तिब्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो […]
पाेखराकाे नमूना पुनःपरीक्षणमा पाेजिटिभ देखिएन: स्वास्थ्य मन्त्रालय

भरतपुर, २१ चैत स्वास्थ्य मन्त्रालयले पाेखरामा कुनै पनि व्यक्तिमा काेराेना पाेजिटिभ नदेखिएकाे प्रष्ट पारेकाे छ । नियमित पत्रकार सम्मेलनकाे क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाेखरामा पहिलाे परीक्षणबाट आएकाे रिपोर्टलाई केन्द्रीय प्रयाेगशालाले परीक्षण गरेकाे जानकारी दिए । “म भ्रम क्लीयर गर्न चाहन्छुु”,उनले भने, “प्रदेशमा मेसिनहरू गएकाे छ, तिनकाे भ्यालिडेसन हेर्नुपर्ने हुन्छ । याे केही समयकाे […]
लकडाउनको प्रभाव : भैँसीको दूध भैँसीलाई नै !

भरतपुर, २१ चैत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरको सङ्क्रमण फैलन नदिन जारी भएको लकडाउनका कारण दूध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसँगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएका कारण खपत हुन छाडेसँगै उत्पादन भएको दूध गाइभैँसीलाई नै खुवाउनुपर्ने बाध्यता आएको कृषकहरुको गुनासो छ । अठार वर्षदेखि […]
सौराहाका व्यवसायीको चिन्ता:हात्तीलाई सञ्चय गरेको खाद्यान्न सकिन लाग्यो कसरी बचाउने ?

नारायण अधिकारी(रासस) भरतपुर, २१ चैत हात्ती सफारी हुँदा ऊ आफै चथ्र्याे । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ । पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो […]
ज्वरो आएर भर्ना भएकी महिलाको भरतपुर अस्पतालमा मृत्यु

भरतपुर, २१ चैत चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो । गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी […]
कायाकैरन खबर प्रभाव:असहाय, अशक्त सेवा केन्द्रले पाए तरकारी

भरतपुर, २१ चैत भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दैआएका समिर भुषालले भरतपुरका असहाय तथा वृद्धवृद्धाहरुलाई तरकारी सहयोग गरेका छन् । कायाकैरन डटकममा हिजो भुषालको तरकारी खेती र उनले विपद्को समयमा सर्वसाधारणलाई नि:शुल्क फर्सी बाँडेको समाचार‘राम्रो मूल्य नपाएपछि नि:शुल्क फर्सी बाँड्दै समिर’ शीर्षकमा प्रकाशन भएको थियो । उक्त समाचार पढेपछि असहाय, अशक्त तथा बालबालिकाहरुको सेवा गर्दैआएका […]
चारगाउँ खानेपानीमा ५० प्रतिशत छुट

खैरहनी, २० चैत चितवनको खैरहनी ९ डाँडागाउँमा रहेको चारगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको शुल्कमा आधा छुट गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको अवस्थालाई मध्यनगर गर्दै खानेपानी संस्थाले मासिक लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष नारायण भण्डारीले बताए । १० हजार लिटर वरावर १ सय १० रुपैया […]
इच्छाकामनाका चेपाङलाई डिटोल साबुन

इच्छाकामना, २० चैत चितवनको इच्छाकामना गाउँपालिकाका स्थानीयलाई साबुन वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसीयल इम्प्याक्टले गाउँपालिकाको वडा नम्वर १ र २ का ६ सय ३३ घरधुरीलाई डिटोल साबुन वितरण गरेको हो । सोसियल इम्प्याक्टले इच्छाकामना-१ मा हरेक यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजना संचालन गरिरहेको छ । सोसियल […]
लंकूका कंडेलद्वारा मजदुरहरूलाई राहत वितरण

भरतपुर, चैत २० भरतपुर महानगरपालिका वडा नं ४ लंकू, त्रिचोक निवासी प्रेम प्रसाद कंडेलले लकडाउनका कारण अभाव झेलिरहेका श्रमिकहरूलाई राहतस्वरूप खाद्यान्य सहयोग गरेका छन् । त्रिचोक टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले त्रिचोक क्षेत्रमा ज्यालामजदुरी गर्दै आएका ३४ परिवारलाई व्यक्तिगत रूपले खाद्यान्न सहयोग गरेका हुन् । लकडाउनका कारण भवन निर्माण लगायतका काम रोकिएपछि उनीहरूको […]
विपद्का बेला अत्यावश्यक ठानिएका औषधि पसल नै बन्द

भरतपुर, २० चैत लकडाउनको प्रभाव चितवनका औषधि पसलहरूमा समेत देखिन थालेको छ । सरकारले औषधिजन्य तथा अन्य अति आवश्यक सामग्रीको बिक्री वितरण गर्ने पसलहरूलाई खुल्ला रहन भने पनि पसल सञ्चालकहरूले अटेर गरेका हुन् । भरतपुर महानगरपालिकामा रहेका ठूला अस्पतालको आसपास रहेका अधिकांश औषधि पसल यतिबेला बन्द छन् । भाइरसबाट जोगिन उपयुक्त उपाय अपनाउँदै सेवा प्रदान […]