चारगाउँ खानेपानीमा ५० प्रतिशत छुट

खैरहनी, २० चैत
चितवनको खैरहनी ९ डाँडागाउँमा रहेको चारगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको शुल्कमा आधा छुट गरेको छ । कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको अवस्थालाई मध्यनगर गर्दै खानेपानी संस्थाले मासिक लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष नारायण भण्डारीले बताए ।

१० हजार लिटर वरावर १ सय १० रुपैया उपभोक्ताले तिर्दै आएका छन् । अव चैत महिनाको शुल्क न्युनतम १ सय १० रुपैयाका आधारमा ५५ रुपैया मात्र तिरे हुने अध्यक्ष भण्डारीले बताए । “यो ठूलो काम त होईन”, अध्यक्ष भण्डारीले भने, “सवै तिरबाट उपभोक्ता मारमा परिरहेका थोरै भए पनि राहत दिएका हौं ।”

सो संस्थाको ८ सय ५० उपभोक्ता छन् । साथै संस्थाले फागुन महिनाको विलम्व शुल्क नलाग्ने समेत जनाएको छ । स्थानीयवासीकै लगानीमा ४ कठ्ठा जग्गा खरिद गरेर खानेपानी संस्थाको निर्माण गरिएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट