इच्छाकामना, २० चैत
चितवनको इच्छाकामना गाउँपालिकाका स्थानीयलाई साबुन वितरण गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल सौराहा स्थित सपना भिलेज सोसीयल इम्प्याक्टले गाउँपालिकाको वडा नम्वर १ र २ का ६ सय ३३ घरधुरीलाई डिटोल साबुन वितरण गरेको हो ।

सोसियल इम्प्याक्टले इच्छाकामना-१ मा हरेक यात्राको सुरुवात एक सपनाबाट हुन्छ नामक परियोजना संचालन गरिरहेको छ । सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतका अनुसार प्रति घर ४,४ थानका दरले डिटोल साबुन प्रदान गरिएको हो । टोल विकास संस्थाका प्रतिनिधिको रोहवरमा सोलियल परियोजनाका सहजकर्ताहरुले साबुन बाँडेका थिए ।

हातधुने वानीको विकास गर्नुका साथै संभावित कोरोना भाईरसको संक्रमण हुन नदिन साबुन वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । सोसियल इम्प्याक्टले इच्छाकामना-१ मा त्यहाँका स्थानीयको चेतना अभिवृद्धी गर्दै आयआर्जन वढाउन परियोजना संचालन गरिरहेको छ ।





