सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

भरतपुर, ६ साउन । मेडिकल शिक्षामा व्यापक सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलनमा समर्थन र विरोध गर्नेहरुको बीचमा एउटा समूहले बहसलाई नयाँ ढंगले अगाडि बढाएको छ । भरतपुरमा बामपन्थी युवाहरु प्रगतिशील युवा समूहको नामबाट सबै निजी मेडिकल कलेजहरु राष्ट्रियकरण गर्नुपर्ने मागसहित बहसमा उत्रिएका छन् । उनीहरुले सोमबार बेलुका ५ बजे भरतपुर चौबिसकोठीमा […]
अबसरको खोजीमा स्योराना दराई

राजन दिल गुरुङ चितवन , ६ साउन । गाउ गाउ बस्ति बस्तीमा छरिएर बसेका प्रतिभा मध्ये कि एक हुन् स्योराना दराई जो अबसरको खोजिमा रहेकी छिन । चितवन रत्ननगर बिध्युत रोडकी स्योराना दराई हाल नेपाल मावि कक्षा ११ मा अध्यनरत छिन । घरमा बुवा आमा र दाजु छन् सानै देखि गीत गाउने तिब्र चाहना भएको […]
इन्द्रमायाको देशमा अकल्पनीय अलिखित अभिव्यक्ति (संस्मरण)

धनराज गिरी जीवन हो, यस जीवनमा चिताएका कुराहरू सबै पूरा हुन्नन् र कहिलेकाहीं नचिताएका, नदेखेका सपनाहरू पनि साकार हुन्छन् । अनुरुप भोगाइ हुन्न हरेक जीवनको । अनुरुप पात्रहरु पनि हुन्नन् दुनियाँमा । हरेक फूलको आफ्नै जीवन, आफ्नै सुगन्ध । अलि दीर्घकालसम्म फुल्ने फूल हो मानव जीवन ! मुखडा र अन्तरा लामै हुन्छ मानव जीवनरुपी […]
हरियो साउन, मेहन्दीमय साउन

प्रमिता ढकाल सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना सुरु हुन्छ । यस महिना हिन्दू धर्मावलम्वी महिलाहरु हातमा मेहन्दी तथा हरियो चुरा लगाउँछन् । भगवान शिवको प्रिय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायु हुने विश्वासमा पनि परम्परादेखि […]
मुठभेड ननिम्त्याऊ

डा. केसीको निष्ठा, इमान्दारितामा शंका गर्ने ठाउँ छदै छैन । उनले उठाएका सबै माग जायज छन् । तर, उनको मागलाई शीरमा राखेर धमिलो पानीमा माछा मार्न उद्धत हुनेहरुसँग पनि जोगिनुपर्छ । चिकित्सा शिक्षामा व्यापक सुधारको माग राखेर सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यावस्था अत्यन्तै जटिल अवस्थामा पुगिसकेपनि सरकारले उनको माग सुन्ने कुनै ‘मुड’ बनाएको […]
तीन वर्षमा पनि बनेन रत्ननगरको फोरलेन सडक

सकिनै लाग्दा फेरि अर्को डिजाइन ध्रुवराज खनाल रत्ननगर, ६ साउन । निकै विवाद र चर्चामा रहेको पूर्वी चितवनको रत्ननगरमा निर्माणाधीन फोरलेन (चार गाडी एकैपटक गुड्न सक्ने) सडकको काम अन्तिम चरणमा पुगेका बेला नयाँ डिजाइन आएको छ । पुरानो डिजाइन गलत हुँदा निर्माण सम्पन्न हुन नपाउँदै बिग्रने र भत्कने समस्या देखिएपछि नयाँ डिजाइनअनुसार सडक बनाउनुपर्ने भएको […]
मालपोतबाट डेढ अर्ब राजस्व संकलन

भरतपुर, ६ साउन । गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजस्व संकलन गरेको छ । जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजस्व संकलन गरेको थियो । सोही वर्षको […]
कफी र काफियामा सुनिए लोकेन्द्र–सञ्जय

लेखराम सापकोटा गैंडाकोट, ६ साउन । कफी र काफियाको ११ औं श्रृंखलामा नवलपरासीका सञ्जय भट्टराई र झापाका लोकेन्द्र बञ्जारा सुनिए । गैंडाकोटस्थित नारायणी रिसोर्टमा शनिबार आयोजना गरिएको कार्यक्रममा भट्टराई र बञ्जाराले दस–दस गजल सुनाएका हुन् । कार्यक्रमको सुरुआतमा बञ्जाराले तीनवटा गजल सुनाए । चोट नलाग्ने के पक्का छ निधारमा तिम्रो पनि घर छ यहि दिनदुखीको […]
सौराहामा डिएसपीलाई स्वागत

रत्ननगर, ६ साउन । सौराहाका रेष्टरेन्ट व्यवसायीहरुले हालै सरुवा भई आएका इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीलाई स्वागत गरेका छन् । रेष्टरेन्ट एण्ड बार एशोसिएशन रेवान सौराहा र रेवान महिला समुहले शनिवार परिचयात्मक कार्यक्रम गरी डिएसपी ज्ञवालीलाई स्वागत गरेका हुन् । सो अवसरमा यहाँका व्यवसायीहरुले रात्रिकालीन सेवा दिने वातावरण बनाउनुका […]