सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

भरतपुर, ६ साउन ।

मेडिकल शिक्षामा व्यापक सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द केसीको आन्दोलनमा समर्थन र विरोध गर्नेहरुको बीचमा एउटा समूहले बहसलाई नयाँ ढंगले अगाडि बढाएको छ ।

भरतपुरमा बामपन्थी युवाहरु प्रगतिशील युवा समूहको नामबाट सबै निजी मेडिकल कलेजहरु राष्ट्रियकरण गर्नुपर्ने मागसहित बहसमा उत्रिएका छन् । उनीहरुले सोमबार बेलुका ५ बजे भरतपुर चौबिसकोठीमा जनप्रदर्शन गर्ने तयारी गरेका छन् ।

 

युवा समूहले आइतबार साँझ भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी सोमबार जनप्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । संयोजक ऋषि रेग्मीले डा. गोविन्द केसीको आन्दोलनलाई साथ पुग्ने गरी निजी मेडिकल कलेज सबैलाई राष्ट्रियकरण गर्न कार्यक्रम गर्न लागिएको बताए ।
“यो माग डा. केसीको मूल मर्मसँग सम्बन्धित छ”, उनले भने, “वर्तमान सरकार समाजवादोन्मुख छ, त्यसलाई समेत बल पुग्ने गरी राष्ट्रियकरणको मुद्धा उठाएका हौं ।”
अधिकांश निजी मेडिकल कलेजहरु सरकारको स्वामित्वमा रहेका जग्गामा निर्माण भएकाले तिनलाई राष्ट्रियकरण गर्न कुनै समस्या नभएको भन्दै सरकारलाई दबाब दिन प्रदर्शनको कार्यक्रम अघि सारेको समूहका रोहित सुवेदीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट