राजन दिल गुरुङ
चितवन , ६ साउन ।
गाउ गाउ बस्ति बस्तीमा छरिएर बसेका प्रतिभा मध्ये कि एक हुन् स्योराना दराई जो अबसरको खोजिमा रहेकी छिन ।
चितवन रत्ननगर बिध्युत रोडकी स्योराना दराई हाल नेपाल मावि कक्षा ११ मा अध्यनरत छिन । घरमा बुवा आमा र दाजु छन् सानै देखि गीत गाउने तिब्र चाहना भएको दराई भबिस्यमा राम्रो गायिका बन्ने धोको रहेको बताउछिन । अहिले सम्म कुनै पनि सांगेतिक प्रतियोगितामा सहभागिता जनाउन नपाएको गुनाशो संगै अब अझै निखारिएर चाडैनै प्रतियोगितामा आउने धारणा ब्यक्त गर्छिन ।

पढ्दै गरेका दाजु र आफुलाई बुवा आमाको सहयोग भए पनि आर्थिक अभाबका कारण संगीत सिक्न अप्ठेरो परेको बताउछिन । बुवा र आमा पेन्टरको काम गर्ने र उक्त कमाई बाट घर चल्न पनि मुस्किल भएको बेला पढाई र संगीतमा समय दिन निकै अप्ठेरो परेको छ र अब कुनै पनि हालतमा संगीतमै लाग्ने दृढ संकल्प बोकेकी स्योराना दराईको उज्जल भबिस्यको कामना गर्दछौ ।
भिडिओ हेर्नुहोश –





