मालपोतबाट डेढ अर्ब राजस्व संकलन

भरतपुर, ६ साउन ।
गत आर्थिक वर्षमा जिल्लास्थित मालपोत कार्यालयले रु एक अर्ब ४९ करोड ५१ लाख चार हजार राजस्व संकलन गरेको छ ।

जिल्लामा चारवटा मालपोत कार्यालय छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा मालोपत कार्यालय भरतपुरले मात्र रु एक अर्ब ५९ करोड ९६ लाख २० हजार राजस्व संकलन गरेको थियो । सोही वर्षको माघ तेस्रो साता जिल्लाका तीन ठाउँमा मालपोत कार्यालय खुलेका थिए । मालपोत कार्यालय भरतपुरका प्रमुख नगेन्द्र पौडेलका अनुसार माघको तेस्रो साताबाट जिल्लामा थप तीन कार्यालय खुलेसँगै ती कार्यालयले पनि राजस्व संकलन गरेकाले गत वर्षको तुलनामा अघिल्लो आर्थिक वर्ष निकै बढी राजस्व उठेको थियो ।

गत आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरले रु ९९ करोड एक लाख ५० हजार राजस्व संकलन गरेको उहाँले बताए । कार्यालयले रजिष्ट्रेशनवापत रु ७३ करोड ५२ लाख पाँच हजार, लाभकरवापत रु १९ करोड ५० लाख ९४ हजार र सेवा करवापतरु पाँच करोड ९८ लाख ५१ हजार संकलन गरेको छ ।

मालपोत कार्यालय चनौलिका प्रमुख ऋषिराम ढकालका अनुसार सो कार्यालयले गत आर्थिक वर्षमा रु २४ करोड ३७ लाख ७२ हजार राजस्व उठाएको छ । तीमध्ये रजिष्टे«शनवापत रु १९ करोड ९४ लाख ६६, सेवाकरवापत रु एक करोड १४ लाख १७ हजार र लाभकरवापत रु तीन करोड २८ लाख ८८ हजार संकलन भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

मालपोत कार्यालय खैरहनीका प्रमुख निरकुमार दाहालले गत आर्थिक वर्षमा यो कार्यालयले रु २२ करोड ९८ लाख ९ हजार राजस्व संकलन गरेको बताउनुभयो । तीमध्ये रजिष्ट्रेशनवापत रु १५ करोड ७६ लाख १७ हजार, सेवाकरवापत रु एक करोड ३८ लाख पाँच हजार तथा लाभकरवापत रु पाँच करोड ८३ लाख ५८ हजार राजस्व संकलन गरेको उनले बताए ।

मालपोत कार्यालय माडीले रु तीन करोड १३ लाख ७३ हजार राजस्व संकलन गरेको छ । तीमध्ये रजिष्ट्रेशनवापत रु दुई करोड ५९ लाख, सेवा करवापत रु १२ लाख ४७ हजार र लाभकरवापत रु ४२ लाख २५ हजार संकलन गरेको सो कार्यालयका प्रमुख कुश्माखर अधिकारीले बताए । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट