सौन्दर्य प्रतियोगिताका किशोरी ट्राफिक सचेतनामा लागे

भरतपुर, १९ बैशाख ।
सौन्दर्य प्रतियोगितामा सहभागि भएका चितवनका किशोरीको समूह ट्राफिक सचेतनामा सहभागि भएका छन् । मिस एसईई स्टार चितवन २०१८ का लागि छनौटमा परेका २९ जना किशोरीलाई ट्राफिक व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबार सवारी दुर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र सुरक्षित सडकको प्रयोग विधिबारे जानकारी गराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्ष कृष्णज्यू ठकुरीले प्रशिक्षण दिएका थिए ।

मिस एसईइ स्टारमा सहभागि भएका किशोरीको समूह दिउसो चौविसकोठीमा ट्राफिक सचेतना सहितको प्लेकार्ड लिएर ¥यालीमा सहभागि भएका थिए । उनीहरुले पैदलयात्रीलाई जेब्राक्रसिङ मार्फत सडक पार गर्न सुझाएका थिए ।

यस्तै चालक तथा यात्रीलाई सचेतनामूलक ब्रोसर तथा सडक सुरक्षाबारे स्टिकर वितरण कार्यमा सहभागि भएका थिए । लिभ एण्ड लिड इन्टरनेशनलले कायाकैरन मिडिया नेटवर्कसँगको सहकार्यमा आयोजना गरेको मिस एकईई स्टारमा भरखरै एसईई परीक्षा सकेर बसेका किशोरी सहभागी छन् । प्रतियोगिताको व्यवस्थापन नेपाल डायरिजले गरिरहेको छ । कार्यक्रम संयोजक मनिष तामाङले अडिसनबाट छानिएका प्रतिस्पर्धीलाई करिब डेढ महिनासम्म क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण दिइने बताए । उनले सामाजिक कार्यमा अग्रसर बन्न ट्राफिक सचेतना अभियानले सघाउने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट