Kayakairan 20 Baisakh 2075
Kayakairan 19 Baisakh 2075
Kayakairan 18 Baisakh 2075
सौन्दर्य प्रतियोगिताका किशोरी ट्राफिक सचेतनामा लागे

भरतपुर, १९ बैशाख । सौन्दर्य प्रतियोगितामा सहभागि भएका चितवनका किशोरीको समूह ट्राफिक सचेतनामा सहभागि भएका छन् । मिस एसईई स्टार चितवन २०१८ का लागि छनौटमा परेका २९ जना किशोरीलाई ट्राफिक व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबार सवारी दुर्घटनाको वर्तमान अवस्था, न्यूनिकरणका उपाय र सुरक्षित सडकको प्रयोग विधिबारे जानकारी गराइएको छ […]
सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी
काठमाडौँ, १९ वैशाख (रासस) ः यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् । वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण […]
केन्द्रीय रक्तसञ्चार केन्द्र बनाउन जग्गा खोजी

विप्लव काफ्ले भरतपुर, १९ बैशाख । चितवनमा सुविधासम्पन्न केन्द्रीयस्तरको रक्तसञ्चार केन्द्र निर्माण गर्न पहल थालिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तसञ्चार केन्द्र स्थापना गर्न आवश्यक जग्गा उपलब्ध गराइदिन भरतपुर महानगरपालिकासँग आग्रह गरिसकेको छ । “चितवन मेडिकल सिटीका रुपमा विकास हुँदै गएको छ”, चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानले भने, “सुविधासम्पन्न रक्तसञ्चार केन्द्र स्थापना हुनसके […]
कसले काट्यो ३१ सय केराको बोट ?

ध्रुवराज खनाल रत्ननगर, १९ बैशाख । चितवनको कालिका नगरपालिका–६ मा नचिनेका मान्छेहरुको समूहले सोमबार राति ठूलो परिमाणमा केराखेती नष्ट गरिदिएको छ । सो वडामा करिब ३ हजार १ सयभन्दा बढी केराको बोट सो समूहले काटेर नष्ट गरिदिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए । चितवन केराखेतीका लागि पकेट क्षेत्र मानिन्छ । तर, […]
परिवार नियोजन चितवनमा किचलो
भरतपुर, १९ बैशाख । नेपाल परिवार नियोजन संघ चितवनको तदर्थ समितिले केही सदस्यको सदस्यता खारेज गरेपछि विघटित कार्यसमितिका पदाधिकारीले विरोध जनाएका छन् । यही बैशाख १२ गते २ सय २० जनाको सदस्यता खारेज गर्ने निर्णय भएको स्रोतले जनाएको छ । जसमध्ये १ सय ९ जना साधरण सदस्य र १ सय ११ जना आजीवन सदस्य छन् […]
दुईसय घरमा दुई मात्रै एसएलसी पास

केपीकिरण शर्मा रत्ननगर, १९ बैशाख । राप्ती नगरपालिका वडा नम्बर २ स्थित धमिली गाउँमा दुई सयभन्दा बढी घरपरिवार चेपाङ छन् । २५ वर्षअघि खुलेको स्थानीय जनज्योति आधारभूत विद्यालयबाट वर्सेनि दुईदर्जनभन्दा बढी चेपाङ बालबालिका पाँचकक्षा पास गर्छन् । तर, खाद्यान्न अभाव र भौगोलिक विकटताका कारण सोभन्दा माथि अध्ययन गर्दैनन् । उल्लेख्य के छ भने त्यति धेरै […]