उदघोषण तथा दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न

१६, बैशाख २०७५, चितवन।

राप्ती नगरपालिका वडा न. ६ ले आयोजना गरेको एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम आज सम्पन्न भएको छ।
४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन समारोहमा कार्यक्रम संयोजक ममिता कुवर सभाध्यक्ष, राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बराल प्रमुख अतिथी रहनु भएको थियो। बिशिस्ट अतिथिहरुमा
जिल्ला समन्वय समिति सदस्य गुनु बिक ,वडा न. ६ का वडा अध्यक्ष जल्लु महत्तो थारु, वडा न. ५ का वडा अध्यक्ष मेनुका पाठक रहनु भएको थियो।अतिथीहरुमा कार्य पालिका सदस्य पुष्पा कुवर,वडा सदस्यहरु कौशिला चौधरी ,राजकुमार तामाङ,जन जागृती ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सस्थाका अध्यक्ष धर्मराज कडेल रहनु भएको थियो
जेनी चौधरीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको तालिमको प्रशिक्षकहरुमा मनोज पन्त,करिश्मा थापा,मीठाराम हुमागाई,सूर्य वदना हमाल,चन्द्र मोक्तान रहनु भएको थियो।
सो कार्यक्रम प्रशिक्षार्थी बिष्णु दुलालले संचालन गर्नु भएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट