नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख (रासस) ः पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ । विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो । सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि […]
चेपाङ गाउँमा पुस्तकालय बनाउन १ लाख सहयोग
चितवन, १६ वैशाख (रासस) ः चितवनको विकट क्षेत्र कोराकस्थित चेपाङ बालबालिका अध्ययन गर्ने थाकलटार माध्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गर्न प्रवासबाट रु एक लाख सहयोग प्रदान गरिएको छ । चितवन समाज जापानद्वारा रकम संकलन गरी पुस्तकालयलाई रु एक लाख सहयोग गरिएको चितवन समाज जापानका निवर्तमान अध्यक्ष सरोज कँडेलले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेका असहाय, […]
शेयर बजार ः आठ अंकले घट्यो

काठमाडौँ, १६ वैशाख (रासस) ः गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९.०१ बिन्दुमा पुगेको हो । यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.१ अंकले घटेर २८४.९६ बिन्दुमा पुगेको छ । कूल […]
नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ ः मन्त्री यादव
काठमाडौँ, १६ वैशाख /उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल र […]
उदघोषण तथा दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न

१६, बैशाख २०७५, चितवन। राप्ती नगरपालिका वडा न. ६ ले आयोजना गरेको एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम आज सम्पन्न भएको छ। ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन समारोहमा कार्यक्रम संयोजक ममिता कुवर सभाध्यक्ष, राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बराल प्रमुख अतिथी रहनु भएको थियो। बिशिस्ट अतिथिहरुमा जिल्ला समन्वय समिति सदस्य […]