उदघोषण तथा दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न ।

६, बैशाख २०७५, चितवन।

राप्ती नगरपालिका वडा न. ४ ले एक हप्ते उदघोषण,ब्यक्तित्व विकास एवम् दुर्व्यसनी न्यूनीकरण तालिम सम्पन्न गरेको छ।
४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमको समापन समारोहमा राप्ती-४ का वडा अध्यक्ष शम्सेर लामा सभापति रहनु भएको थियो।
राप्ती नगरपालिकाका उप प्रमुख इमानसिंह लामा प्रमुख अतिथी रहनु भएको साे कार्यक्रममा ईमानसिंह लामाले राप्ती ४ ले सुरु गरेकाे याे कार्यक्रम अरु वडामा पनि विस्तार गर्ने जानकारी गराउनु भयाे। कार्यक्रम संयोजक रमिता परियारले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा प्रमुख प्रशिक्षक चितवनको पहिलो आवाज मनोज पन्तले कार्यक्रमको उपलब्धिका बिषयमा प्रकाश पार्नु भएको थियो साथै पद्मराज पाठक,नुनराज सिलवाल,हरिप्रसाद बर्ताैला र वडा सदस्य जगन्नाथ श्रेष्ठले मन्तव्य राख्नुभएको थियाे ।कार्यक्रम प्रशिक्ष्रार्थी अस्मिता कंडेलले संचालन गर्नु भएको थियो।


तालिम कार्यक्रमको अवधिमा बैशाख १ गते प्रदेश न.३ का भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको प्रहरी आतिथ्यतामा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट