​ग्रीनल्याण्डमा सम्पन्न पावर पोइन्ट प्रस्तुतिकरणमा सनराज प्रथम

भरतपुर, २१ भदौ ।
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगर स्तरीय पावर पोइन्ट प्रस्तुतिकरण प्रतियोगिता सम्पन्न भएको छ । स्कुलको आयोजनामा आइतबार उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सनराइज ईंग्लिस स्कुल प्रथम भएको छ । यस्तै अर्किड स्कुलले दोस्रो स्थान हासिल गर्दा ओमशान्ति एकेडेमी तेस्रो भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख सन्देश घिमिरेले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका १५ विद्यालयहरु सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका १२ का वडाध्यक्ष लेखराज पन्तले अबको युग डिजिटल युग भएको भन्दै यस किसिमको कार्यक्रम आयोजना गर्न आवश्यक रहेको बताए । ग्रीनल्याण्डले गरेको यस कार्यक्रमको प्रभाव अन्य स्कुलमा पनि पर्ने उनले विश्वास व्यक्त गरे ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले कार्यक्रमले राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । कार्कीले विजेताहरुलाई बधाई दिँदै सहभागी विद्यालयका प्रतिनिधिहरुलाई सहभागिता नै सफलताको पहिलो खुड्किलो भएको उनले बताईन् । सह प्राचार्य उपेन्द्र आचार्यले स्कुलले समयानुकूल यस्ता कार्यक्रकममा जोड दिँदै आएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट