लायन्स क्लब अफ बागेश्वरी डायनामिकको पदस्थापन, बाटिका स्थापना तथा शैक्षिक सामग्री वितरण

गैंडाकोट, २ भदौ ।
लायन्स क्लब अफ बागेश्वरी डायनामिकले पदस्थापन कार्यक्रमको पूर्वसन्ध्यामा गैंडाकोट–५ स्थित आधारभूत अस्पताल परिसरमा ‘लायन्स बाटिका’ स्थापना गरेको छ। प्राकृतिक सौन्दर्य र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले अस्पताल परिसरमा वृक्षरोपण गरी बाटिका स्थापना गरिएको हो। कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

लायन्स क्लब अफ बागेश्वरी डायनामिक (क्लस्टर ६, डिष्ट्रिक्ट ३२५ आर, नेपाल) को पदस्थापन तथा विभिन्न सामाजिक र सम्मान कार्यक्रम आइतबार गैंडाकोट–२ स्थित होटल मानसरोवर एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रममा क्लबको विस्तार तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने एक्सटेन्सन चियरपर्सन नवराज कँडेल र संस्थापक अध्यक्ष कमल तिवारीलाई विशेष सम्मान गरिएको थियो। यस्तै, क्लबका अध्यक्ष तुलसीप्रसाद उपाध्यायका सुपुत्र आद्भिक तिमिल्सिनाको जन्मदिनको अवसरमा गैंडाकोट नगरपालिकाभित्रका सातवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

यसैगरी, लायन्स क्लब अफ बागेश्वरी डायनामिकका निवर्तमान अध्यक्ष रामकृष्ण कोइरालाले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई विशेष अवार्ड प्रदान गरी सम्मान गर्नुभएको थियो।

लायन्स वर्ष २०२६/०२७ का अध्यक्ष तुलसीप्रसाद उपाध्यायको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर पीएम जेएफ लायन प्रभाकर पण्डित प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटका अध्यक्ष छविलाल कँडेल, उपाध्यक्ष (उद्योग) दीपक भट्टराई, महासचिव माधवप्रसाद सापकोटा, गैंडाकोट नगरपालिकाका शिक्षा अधिकारी तथा डिष्ट्रिक्ट ३२५ आरका विभिन्न पदाधिकारीहरूको विशेष आतिथ्यता रहेको थियो।

आइतबार नै लायन्स वर्ष २०२६/०२७ का लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको आधिकारिक पदस्थापन गरिएको थियो। समाजसेवा र सुशासनको भावनासहित अघि बढेको क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा जनहितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको सहजीकरण क्लबका द्वितीय उपाध्यक्ष लायन्स गोविन्द चालिसेले गर्नुभएको थियो भने कार्यक्रमका संयोजकमा लायन्स हिमालदेव पंगेनी र लायन्स कृष्ण खरेल रहनुभएको थियो।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट