स्कारपियो भिरबाट खस्दा ६ जना घाइते

मकवानपुर, २ भदौ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतस्थित सडकबाट स्कारपियो गाडी भिरबाट खस्दा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकै परिवारका चार जना छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको उच्च अदालत वीरगञ्ज, पर्साका मुख्य न्यायाधीश, रजिस्ट्रार, रजिस्ट्रारका परिवारका सदस्य र चालकसहित ६ जना सवार प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, रजिस्ट्रारकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, छोरी रिता बडु र चालक छुनिलाल चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये रजिस्ट्रारकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था मध्यम रहेको छ ।

प्रहरीका अनुसार चालक चौधरी र रजिस्ट्रार बडुलाई थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ भने अन्य चार घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट