ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन

काठमाडौं, ३१ साउन ।
काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ । आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको  छ ।

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज आइतबार उपत्यकाका विभिन्न ७ वटा स्थानबाट ग्यास बिक्रीवितरणको व्यवस्था मिलाइएको छ । नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ ।

वितरण भइरहेका स्थान र ब्रान्डहरू:
निगमको टेकु परिसर: नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीराम र सागर
पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ): नेपाल, एचपि र भानु
राधास्वामी (कीर्तिपुर परिसर): नेपाल, एचपि, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
नयाँ बजार (जुडो हल परिसर): नेपाल, एचपि र ओम
तारकेश्वर नगरपालिका परिसर: नेपाल र एचपि
चन्द्रागिरि नगरपालिका कार्यालय: लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी): नेपाल, एचपि, सूर्य, सागर, एभरेस्ट/सुगम र STC

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट