मुग्लिङ–पोखरा सडकमा चालक सचेतना अभियान प्रभावकारी

पोखरा, ३१ साउन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ‘चालक सचेतना अभियान’ प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा साउन महिनाभरि दैनिक बिहान ४ बजेदेखि सञ्चालन गरिएको अभियानले राजमार्गमा हुनसक्ने सम्भावित दुर्घटनामा कमी आएको प्रहरीले जनाएको छ । अभियानअन्तर्गत […]
ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन

काठमाडौं, ३१ साउन । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड लागेको छ । आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा ग्यास उद्योगीहरूमार्फत आज […]
चितवनमा मानिस र गाईलाई घाइते बनाएको बाघ नियन्त्रणमा

चितवन, ३१ साउन । चितवनको राप्ती नगरपालिका–१ को बस्तीमा पसेर आतङ्क मच्चाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको छ । बिहान साढे ६ बजे बस्तीमा पसेको बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् भने दिलाकुमारी तामाङको जर्सी गाई पनि घाइते भएको छ। अधिकारीको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ […]
पूर्वी चितवनमा बिहानै बाघको आक्रमण, एक स्थानीय घाइते

चितवन, ३१ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–१, देउराली चोकमा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएका छन् । केही दिनदेखि देउराली चोक आसपास बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाघले पशुचौपायामाथि समेत आक्रमण गर्न थालेपछि बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् । आज बिहान बस्ती नजिकै धानखेतमा बाघले कुकुर खाइरहेको देखिएपछि स्थानीयवासी घटनास्थलतर्फ […]