पूर्वी चितवनमा बिहानै बाघको आक्रमण, एक स्थानीय घाइते

चितवन, ३१ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–१, देउराली चोकमा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएका छन् । केही दिनदेखि देउराली चोक आसपास बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाघले पशुचौपायामाथि समेत आक्रमण गर्न थालेपछि बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् । आज बिहान बस्ती नजिकै धानखेतमा बाघले कुकुर खाइरहेको देखिएपछि स्थानीयवासी घटनास्थलतर्फ […]