चितवन, ३१ साउन ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१, देउराली चोकमा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएका छन् ।
केही दिनदेखि देउराली चोक आसपास बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बाघले पशुचौपायामाथि समेत आक्रमण गर्न थालेपछि बस्तीमा जोखिम बढेको स्थानीयले बताएका छन् ।
आज बिहान बस्ती नजिकै धानखेतमा बाघले कुकुर खाइरहेको देखिएपछि स्थानीयवासी घटनास्थलतर्फ पुगेका थिए। बाघ हेर्न स्थानीयको भीडसमेत लागेको थियो ।
सोही क्रममा बाघको आक्रमणमा परी राप्ती–१, देउराली चोकका करिब ६० वर्षीय खड्गबहादुर अधिकारी (ठाकुर) घाइते भएका हुन् । घटना आज बिहान भएको हो ।
घाइते अधिकारीको अवस्था तथा उपचारसम्बन्धी थप विवरण आउन बाँकी छ ।





