स्याङ्जामा साहित्यिक सिर्जना विकासमा केन्द्रित कवितालेखन कार्यशाला

गल्याङ, २५ जेठ ।
“भाषा, कला, संगीत एवं संस्कृतिको संरक्षण तथा संवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ गल्याङ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) प्रशिक्षण कार्यक्रम–२०८३’ सम्पन्न भएको छ ।

गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ स्रष्टा कलानिधि दाहालले शास्त्रीय छन्द तथा मुक्तलय, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्द र युवा स्रष्टा तथा साहित्यिक अभियन्ता मिलन समीरले गजल तथा मुक्तक विधामा प्रशिक्षण प्रदान गरेका थिए ।

गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा सहभागी थिए । उपप्रमुख तथा प्रतिष्ठानका संरक्षक हेमा तिमिल्सिना न्यौपाने विशिष्ट आमन्त्रित व्यक्तित्व तथा शिक्षा शाखा प्रमुख हिमलाल भण्डारी र नगर शिक्षा समितिका सदस्य द्रवेन्द्रदेव खनाल आमन्त्रित व्यक्तित्वका रूपमा उपस्थित थिए ।

समापन सत्रमा सहभागी स्रष्टाहरूले आफ्ना कविता, गजल र मुक्तक प्रस्तुत गर्दै सिर्जनात्मक प्रतिभा प्रदर्शन गरेका थिए । प्रशिक्षार्थीका तर्फबाट पार्वती थापा पल्ली मगर ‘पारु’ र राम ज्ञवालीले अनुभव मन्तव्य व्यक्त गरेका थिए भने डिल्लीराम भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गल्याङ प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य जि.बी. रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संयोजन तथा सञ्चालन प्रतिष्ठानका सचिव मिलन समीरले गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई नगदसहित ‘गल्याङ प्रज्ञा सम्मान’ प्रदान गरी सम्मानित गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट