मानवताका लागि रक्तदान : अमलाचौर समाजको पहल

भरतपुर, २५ जेठ । अमलाचौर चितवन–नवलपुर सम्पर्क समाजको आयोजनामा भरतपुर अस्पताल परिसरमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीहरूलाई सहयोग पुर्‍याउने तथा समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको शुभारम्भ समाजका अध्यक्ष लक्ष्मीकान्त आचार्यले रक्तदान गरेर गर्नुभएको थियो । सो अवसरमा […]

चितवनमा हुवावेको प्रविधि सम्मेलन : डिजिटल रूपान्तरणका नवीन समाधानहरूबारे जानकारी

भरतपुर, २५ जेठ । हुवावे नेपाल तथा एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको संयुक्त आयोजनामा भरतपुर, चितवनमा “हुवावेका अग्रणी डिजिटल तथा स्मार्ट समाधानहरूसँग उद्यमहरूको डिजिटल रूपान्तरणमा सशक्तिकरण शीर्षकको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले सहभागीहरूलाई डिजिटल प्रविधिले विभिन्न उद्योग तथा संस्थाहरूमा ल्याइरहेको परिवर्तन, दक्षता अभिवृद्धि, सुरक्षा सुदृढीकरण तथा सेवा प्रवाहमा सुधारका अवसरहरूबारे जानकारी प्रदान गर्ने महत्वपूर्ण मञ्चको […]

स्याङ्जामा साहित्यिक सिर्जना विकासमा केन्द्रित कवितालेखन कार्यशाला

गल्याङ, २५ जेठ । “भाषा, कला, संगीत एवं संस्कृतिको संरक्षण तथा संवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ गल्याङ प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) प्रशिक्षण कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ स्रष्टा कलानिधि दाहालले शास्त्रीय छन्द तथा मुक्तलय, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले शास्त्रीय छन्द र […]

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको नेतृत्वमा मदन

गैंडाकोट, २५ जेठ । लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको आठौँ स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम चितवनको मायाटारस्थित लालीगुराँस जङ्गल रिसोर्टमा सम्पन्न भएको छ । संस्थापक अध्यक्ष बिमल लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन देवीप्रसाद गौतम ‘मदन’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमले वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरेको […]

४२ वटा शोधपत्रमाथि प्राज्ञिक मन्थन गर्दै सकियो राष्ट्रिय अनुसन्धान सम्मेलन

चितवन, जेठ २४ । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसद्वारा आयोजित तीनदिने राष्ट्रिय अनुसन्धान सम्मेलन आइतबार सम्पन्न भएको छ। सम्मेलनमा नेपालका पाँच विश्वविद्यालयका १७० जना शिक्षाविद्, अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। ‘दिगोपना, रूपान्तरणकारी शिक्षा, व्यवस्थापन र प्रविधिमा आधारित नवप्रवर्तन’ विषयवस्तु केन्द्रित सम्मेलनमा ४२ वटा अनुसन्धानपत्र प्रस्तुत तथा छलफल गरिएको क्याम्पसले जनाएको छ। १० वटा प्राविधिक […]

जातीय विभेदविरुद्धको संघर्षको दस्तावेज ‘सियोधागो’ सार्वजनिक

काठमाडौं, असार २५ । मानवअधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदीप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा बिहीबार आयोजित विशेष समारोहमा पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा उपस्थित अतिथि तथा पाहुनाहरूले सामूहिक रूपमा पुस्तक सार्वजनिक गरेका थिए। पुस्तकमा लेखक परियारको जीवनयात्रासँगै दलित समुदायले भोग्दै आएका विभेद, हिंसा, अन्याय तथा न्याय प्राप्तिका लागि […]