लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको नेतृत्वमा मदन

गैंडाकोट, २५ जेठ ।
लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको आठौँ स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम चितवनको मायाटारस्थित लालीगुराँस जङ्गल रिसोर्टमा सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष बिमल लम्सालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन देवीप्रसाद गौतम ‘मदन’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमले वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा देवीप्रसाद गौतम ‘मदन’, प्रथम उपाध्यक्षमा सञ्जय बन्जारा, द्वितीय उपाध्यक्षमा चिन्तामणि खनाल, सचिवमा सन्दीप अर्याल तथा कोषाध्यक्षमा ध्रुवप्रसाद अधिकारी चयन हुनुभएको छ ।

त्यसैगरी डिपार्टमेन्ट कोअर्डिनेटरमा भीम पौडेल, मिडिया कोअर्डिनेटरमा कृष्ण कँडेल तथा फाइनान्स कोअर्डिनेटरमा रुद्रलाल भुसाल चयन हुनुभएको छ ।
आठौँ स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम वर्ष २०२५/२६ का अध्यक्ष लायन शिवप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट