काव्य कुञ्ज काव्य परिक्रमाको तेस्रो संस्करण हुँदै

चितवन, २२ मङ्सिर ।
चितवनको रत्ननगरमा साहित्यिक जमघटसहित ‘काव्य कुञ्ज काव्य परिक्रमा’ को तेस्रो संस्करण आयोजना हुनेभएको छ ।

​काव्यकुञ्ज साहित्य प्रतिष्ठानको मुख्य आयोजना तथा रत्ननगर वाङ्मय प्रतिष्ठानको सहकार्यमा यही मङ्सिर २७ गते शनिबार उक्त कार्यक्रम हुन लागेको हो ।

​स्थानीय साहित्यको प्रबर्द्धन र स्रष्टाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम रत्ननगर नगरपालिका कार्यालयको सभाहलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

​काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले साहित्य अनुरागी तथा सर्जकहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

​कार्यक्रममा आफ्नो रचनावाचन गर्न इच्छुक स्रष्टाहरुले समयमै नाम टिपाउन आयोजकले आग्रह गरेको छ । रचना वाचनका लागि नाम दर्ता गराउन मोबाइल नम्बर ९८४१४३९७४० मा सम्पर्क गर्न सकिने अध्यक्ष अर्यालले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट