चौबीसकोठीमा सडक कवितावाचन

भरतपुर, ८ कात्तिक ।
चितवनका आठवटा साहित्यिक संस्थाहरूकाे आयाेजनामा भरतपुरको चौबीसकाेठीमा राष्ट्रियता, समाजवाद र समसामयिक विषयक सडक कवितावाचन कार्यक्रम गरिएको छ ।

अग्रज साहित्यकार पाेषराज पौडेलकाे अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकाेटालगायतका कविहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा उपस्थित कविहरूले आफ्ना कवितामार्फत राष्ट्रियता, समाजवाद र सुशासनकाे पक्ष साथै भ्रष्टाचारकाे विरुद्ध आवाज बुलन्द गरेका थिए । कार्यक्रमलाई विष्णु तिवारी उषाले सञ्चालन गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट