मकवानपुर, २३ असोज ।
बागमती प्रदेश विपद् व्यवस्थापन परिषद्काे बैठक बिहीबार हेटौंडामा बसेकाे छ । परिषद्काे बैठकमा गत असोज १७ देखि २१ गतेसम्म परेको अविरल वर्षाकाे कारण सिर्जित प्राकृतिक विपद्का बारेमा सरोकारवाला निकाय र मन्त्रालयद्वारा आआफ्नो क्षेत्रको क्षति तथा गरिएका कार्यप्रगतिको समीक्षा समेत भएकाे छ ।
परिषद्का निर्णयहरु :-
१. देशभर मिति २०८२ असोज १७-२१ गते सम्म भएको मनसुनी बर्षाका कारण सिर्जित बाढी, पहिरो लगायातका घटनामा परी दिवंगत हुनुभएका नागरिकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै उक्त विषम परिस्थितिमा विषयगत मन्त्रालय र सुरक्षा निकायहरुबाट जोखिम न्यूनीकरण, प्रतिकार्य र सवारी आवागमनलगायतका कार्यहरुमा उल्लेख्य भूमिका निर्वाह गरेकामा धन्यवाद ज्ञापन गर्दै बागमती प्रदेशबाट हालसम्म मनसुन बाहिरिइ नसकेको हुँदा आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश मन्त्रालय/निकाय, प्रदेशस्थित सुरक्षा निकायहरु, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरुको आफूसँग भएको स्रोत साधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरियो ।
२. बागमती प्रदेश अन्तरगतका जिल्ला प्रशासन कार्यालयले (जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) सँगको समन्वयमा सम्बन्धित जिल्लाका स्थानीय तहहरु तथा जिल्लास्थित कार्यालयहरुमाविपद्बाट भएको मानवीय, पशुचौपया तथा कृषिबाली, घरगोठको क्षति, उद्योग व्यवसायहरु, सार्वजनिक सम्पत्ति (सडक, पुल, विद्युतगृह, स्वास्थ्यचौकी, विद्यालय, सरकारी कार्यालय) तथा प्रभावित परिवार लगायतकोअद्यावधिक विवरण यथाशिघ्र प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र(PEOC) मा पठाउन लेखी पठाउने ।
३. विषयगत क्षेत्र परिचालनका सम्बन्धमा सम्बन्धित विषयगत मन्त्रालयहरुले देहाय बमोजिमको कार्य तत्काल प्रारम्भ गर्ने ।
क. प्रदेश राजमार्ग अन्तर्गत रहेका अवरुद्ध सडक तत्काल सूचारु गर्नआवश्यक भएको हुँदा भौतिक पूर्वाधार विकास मन्त्रालयले, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, विभिन्न राजनीतिकदलहरु, निर्माण व्यवसायी लगायत निजी क्षेत्र एवम् स्थानीयस्वयंसेवकहरुको साथ सहयोग लिई सडक सुचारु गर्न आवश्यक प्रक्रियाअगाडी बढाउने । सडक सूचारु गर्नका लागि आवश्यक पर्ने बजेटकासम्बन्धमा लागत ईस्टिमेट लगायतका आवश्यक विवरण सहित आर्थिकमामिला तथा योजना मन्त्रालयमा पेश गर्ने ।
ख. विपद्बाट क्षति भएका कृषिबाली तथा पशुचौपायाको तथ्याङ्क संकलनगरि आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेमिलाउने ।
ग. बागमती प्रदेश भित्र रहेका विद्यालयहरुको क्षतिको अवस्था संकलन गरिसामाजिक विकास मन्त्रालयले तत्काल मर्मत सम्भार गर्नुपर्ने भए सोकोकार्य प्रारम्भ गर्ने ।
घ. खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयले खानेपानीको पहुँचबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गरि आवश्यकता अनुसार खानेपानीउपलब्ध गराउने ।
ङ. स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाईते व्यक्तिहरुको शीघ्र निशुल्कउपचारका चिकित्सकिय टोली तथा आवश्यक औषधी तथा उपकरणकोव्यवस्थापन गर्ने ।
च. विपद्बाट प्रभावित परिवारका लागि खाद्यान्न लगायत अत्यावश्यकवस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासनकार्यालय र स्थानीय तहको समन्वयमा उद्योग, वाणिज्य भूमि तथाप्रशासन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने ।
छ. वन तथा वातावरण मन्त्रालयले जोखिमयुक्त जलाधार र बस्तीको क्षतिसंकलन गरि सोको संरक्षणका लागि आवश्यक कार्य गर्ने ।