भरतपुर, २२ भदौ ।
निर्माण व्यवसायी संघ चितवनले यहााँक चार जना पत्रकारहरुलाई सम्मान गरेको छ । ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर निर्माण व्यवसायीका हक हित र अधिकारका बारेमा रहेर कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा राजु भट्ट, शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन् । उनीहरुलाई निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने र प्रमुख अतिथिका रूपमा रहेका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
चितवनका निर्माण व्यवसायीहरूको गतिविधि तथा आर्थिक पाटोलाई आफ्नो मिडियामार्फत जनता समक्ष पुर्याउन अहम भूमिका निर्वाह गरेकोमा पत्रकारहरुलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने बताए ।





