चिसापमा तिमल्सिनाको `धीमहि´ र घिमिरेको `सान्दाजु´ पुरस्कृत

चितवन, ९ भदौ ।
उपन्यासकार जयराम तिमल्सिनाको कृति ‘धीमहि’ ले यस वर्षको चिसाप राजकृष्ण–मायादेवी साहित्य पुरस्कार प्राप्त गरेको छ । चितवन साहित्य परिषदले शनिबार चितवनमा विशेष कार्यक्रम आयोजना गरी तिमल्सिनालाई नगद रु पैतिस हजार पैंतालिस रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो ।

चिसाप अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले तिमल्सिनालाई पुरस्कार हस्तान्तरण गर्दै ‘धीमहि’ मा प्रयोग भएको स्वैरकल्पना, विसंगतियुक्त मानवीय जीवनको चित्रण, जासूसी औपन्यासिक शैली र मनोवैज्ञानिक पक्षलाई विशेष रूपमा प्रभावकारी रहेको भन्दै उक्त कृतिलाई पुरस्कृत गरिएको जानकारी दिनुभयाे ।

सन् २०८१ सालमा प्रकाशित उपन्यास ‘धीमहि’ मनोवैज्ञानिक कोणबाट सुरु भई पात्रहरू विवेक, सुयोग र दीपेन्द्रबीचको चारित्रिक भिन्नता तथा दीपेन्द्रको निधनअघि र पछिको समाजको व्यवहारलाई दर्शनसँग जोडेर प्रस्तुत गरिएको छ ।

उपन्यासकार तिमल्सिना नेपाली साहित्यमा कविता, निबन्ध र आख्यानका क्षेत्रमा निरन्तर कलम चलाउँदै आउनुभएकाे छ । त्यस्तै, चिसाप माधव खनाल साहित्य पुरस्कार यस वर्ष उपन्यासकार सुभाष घिमिरेको कृति ‘सान्दाजु’ लाई प्रदान गरिएको छ । आयोजकले घिमिरेलाई पनि नगद रु पैतिस हजार पैंतालिस रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्दै नेपाली उपन्यास साहित्यमा उहाँले पुर्‍याउनुभएकाे योगदानको कदर गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट