संकथनको ‘नेपाल–भारत’ विशेषाङ्क बजारमा

काठमाडौं, ९ भदौ । बुकवर्म फाउन्डेसनले प्रकाशन गर्ने अर्धप्राज्ञिक म्यागेजिन संकथनको दोस्रो अंक प्रकाशन भएको छ । हरेक अंक विषयविशेष हुने यस म्यागेजिनको यो छिमेक विशेष अंक ‘नेपाल–भारत’ जनस्तरको सम्बन्धमा केन्द्रित छ । यसअघिको अंक भने नेपाली गाउँ र सहरका बदलिँदा पाटाहरूमा केन्द्रित थियो । ऐतिहासिक, सांस्कृतिक, विशिष्ट जस्ता विशेषणको लेप लाग्ने भए पनि नेपाल–भारत […]

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ मा सार्वजनिक हुँदै

काठमाडौं, ९ भदौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ यही भदौ २८ मा सार्वजनिक गरिने भएको छ । ‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ […]

`पाठकका माझमा लेखक´ कार्यक्रममा ५ किताबका विमर्श

भरतपुर, ९ भदौ । अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनको आयोजनामा `पाठकका माझमा लेखक´ कार्यक्रमको पहिलो शृङ्खला आइतबार आरम्भ कलेज भरतपुरमा सम्पन्न भयो । पहिलो शृङ्खलामा रामकृष्ण अनायासको गजलसङ्ग्रह `अनायास´ बारेमा किसान प्रेमी, गायत्री अधिकारीको उपन्यास `वर्तमान´ बारेमा सञ्जीव पौडेल, प्रभात सुवेदीको संस्मरण `विदेशी साथी´ बारेमा उदय अधिकारी, विपिन पाठकको कवितासङ्ग्रह `मरुभूमिमा वासन्ती याम´ बारेमा रमेश प्रभात […]

चिसापमा तिमल्सिनाको `धीमहि´ र घिमिरेको `सान्दाजु´ पुरस्कृत

चितवन, ९ भदौ । उपन्यासकार जयराम तिमल्सिनाको कृति ‘धीमहि’ ले यस वर्षको चिसाप राजकृष्ण–मायादेवी साहित्य पुरस्कार प्राप्त गरेको छ । चितवन साहित्य परिषदले शनिबार चितवनमा विशेष कार्यक्रम आयोजना गरी तिमल्सिनालाई नगद रु पैतिस हजार पैंतालिस रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो । चिसाप अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले तिमल्सिनालाई पुरस्कार हस्तान्तरण गर्दै ‘धीमहि’ मा प्रयोग भएको […]