जनतासँग हातेमालो गरेर अपराध नियन्त्रण गर्छौँ : एसपी पुरी

भरतपुर, १ जेठ ।
सामुदायिक सेवा केन्द्र नारायणगढले चितवनमा हालै सरुवा भएर आउनु भएका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई एक कार्यक्रम आयोजना गरेर स्वागत तथा सम्मान गरेको छ ।
सो अवसरमा बोल्दै उपरीक्षक पुरीले चितवनको अपराध नियन्त्रणमा जनतासँग प्रहरीले हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“नागरिक समाज र समुदायको सहयोग भएन भने प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्दैन”, उहाँले भन्नुभयो ।
अपराध समाजमै हुने र नागरिकहरु सचेत भए त्यो नियन्त्रणमा आउने पनि उहाँको विश्वास छ ।

कार्यक्रममा प्रहरी उपरीक्षक पुरीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

केन्द्रका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव अर्जुन अधिकारी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, समाजसेवी वामदेव खनाल,  कस्तुरी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट