गैंडाकोट, १ जेठ ।
लायन्स क्लब अफ चितवन वाङ्मयको आठौं अधिवेशनबाट वर्ष २०२५/०२६ का अध्यक्ष पदका लागि लायन राजेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् ।
बुधबार साँझ प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा आयोजित कार्यक्रम माझ पौडेललाई अध्यक्ष पदमा चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्ष विदुर अधिकारी, द्वितीय उपाध्यक्ष डाक्टर गोपीनाथ कँडेल, सचिव राजेन्द्र सिलवाल “घायल”, कोषाध्यक्ष हरिप्रिया रिजाल र सह-सचिव रोहिणीप्रसाद लोहनी चयन भएका छन् । समितिले पुष्प अधिकारी अन्जलीलाई सल्लाहकारमा चयन गरेको छ ।
लायन वर्ष २०२४/०२५ का अध्यक्ष सुजन अधिकारीको अध्यक्षता एवं रिजन १४ का रिजन चेयर पर्सन एमजेएफ लायन हरि प्रिया रिजालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा महाकाव्यकार लायन केशवराज आमोदी, संस्थापक अध्यक्ष लायन ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’, पूर्व अध्यक्ष लायन मीरा तिमल्सिना, डाक्टर गोपीनाथ कँडेल, सूर्यमणि रेग्मी, लीला राना, सल्लाहकार लायन कर्णेल धनबहादुर मास्की राना, आख्यानकार एवं नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटा, मन्दिरका व्यवस्थापक छवि खरेल, प्राध्यापक गोकर्ण मल्ललगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
वर्ष २०२४/०२५को अन्तिम फेलोसिप तथा काव्य सन्ध्या कार्यक्रममा रोजिना लोहनी, सीता सापकोटा, शोभा रेग्मीसहित मौलाकालिका गुरुकुलमका विद्यार्थीहरूले रचना वाचन गरेका थिए ।





