शिक्षकहरू आम हड्तालसहित आन्दोलनमा, आज कालो मास्क प्रयोग गरी मौन जुलुस

काठमाडौं, २५ चैत ।
यतिबेला देशभरिका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । नेपाल शिक्षक महासङ्घको आह्वानमा केही समय अगाडिदेखि चलेको आन्दोलनले यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नै ध्यान केन्द्रित गरिरहेको छ । नयाँ शिक्षा ऐनको माग गर्दै वर्षौंदेखिका शिक्षकहरूका समस्या समाधान होस् भन्ने हेतुले शिक्षकहरु आन्दोलनमा रहिरहँदा सरकारले भने हिउँदे अधिवेशन अन्त्य गरी प्रस्तावित शिक्षा विधेयकमाथि व्यवस्था गरेको छ । सडक आन्दोलनमा हजारौंको सङ्ख्यामा रहेका शिक्षकहरू कि जितिन्छ कि बितिन्छ भन्दै जसरी पनि आफ्ना माग मुद्दा  पूरा गराई छाड्ने उद्घोषका साथ आन्दोलनमा छन् ।

चैत २५ देखि आम शैक्षिक हडताल घोषणा गर्दै देशभरिका शिक्षकहरूलाई राजधानी केन्द्रित हुन शिक्षक महासंघले आह्वान गरेको छ भने आज १ लाख भन्दा बढी शिक्षकहरूको उपस्थितिमा कालो मास्क प्रयोग गरी प्रदर्शन गरिने शिक्षक नेता सूर्यराज बरालले जानकारी दिनुभएको छ । साथै देशभरिका शिक्षकहरूलाई यो निर्णायक लडाईँमा सबै कुरा छाडी आन्दोलनमा आउनका लागि समेत उहाँले आह्वान गर्नुभएको छ । शिक्षक महासङ्घले विज्ञप्ति नै जारी गरी यो शैक्षिक हडताललाई सघाउन उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशनलगायतका कामहरूलाई थाती राख्न समेत आह्वान गरेको छ । शिक्षकहरूले गरिरहेको आन्दोलनलाई विश्व शिक्षक महासंघले समेत ऐक्यबद्धता जारी गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट