बागमतीको हिउँदे अधिवेशनका लागि सिफारिस गरिने

मकवानपुर, २० चैत ।
बागमती प्रदेश सरकारले प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार चैत २० गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्नेगरी प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाकाे चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको हाे ।

प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा सरकार पुगेको उनले जानकारी दिए । संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद प्रभावित भएको थियो । प्रदेश सभाकाे हिउँदे अधिवेशन गत १८ माघमा आव्हान गरिएकाे थियाे । २६ माघमा बसेर अनिश्चित कालकाे लागि स्थगित भएकाे बैठक २ महिना पछि आव्हान गरिए पनि दलहरु बीच सहमति जुट्न नसक्दा संचालन हुन सकेन ।

यद्यपी आज बुधबार १ बजेकाे लागि बोलाइएकाे बैठक समेत प्रभावित हुने सम्भावना छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट