रामेछापमा गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

रामेछाप, १४ मङ्सिर ।
रामेछापको गोकुलगंगामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

उक्त दुर्घटनामा वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेत र हिराबहादुर कार्कीकाे सनाखत भएकाे छ । कार्कीकाे ठेगाना भने खुलिनसकेकाे प्रहरीले जनाएकाे छ । घटनामा ज्यान गुमाउने अन्यको सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते तीन जनालाई जिल्ला अस्पताल मन्थली लगिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट