रामेछापमा गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

रामेछाप, १४ मङ्सिर । रामेछापको गोकुलगंगामा गाडी दुर्घटना हुँदा वडाध्यक्ष सहित ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ सिमलडाँडामा ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । उक्त दुर्घटनामा वडा नम्बर […]
सनराइज स्कुलकाे वार्षिकोत्सवमा नाटक र सांगीतिक प्रस्तुति

चितवन, १४ मङ्सिर । सनराइज इङ्ग्लिस सेकेन्डरी स्कुल, भरतपुरले शुक्रबार आयोजना गरेको सैँतिसौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले खुलेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रममा नर्सरी र एलकेजीका विद्यार्थीले ‘ताराबाजी लैलै मेरो किताब खै’ बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । एलकेजी र युकेजीका साना […]