सांसद सिंहद्वारा एक वर्षको तलब हेटौंडा आँखा अस्पताललाई प्रदान

मकवानपुर, २३ साउन ।
मकवानपुर क्षेत्र नम्बर १ का सांसद दीपकबहादुर सिंहले एक वर्षको तलब रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समिति सभापति समेत रहेका सिंहले
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइत समेतको उपस्थितिमा ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका थिए ।

सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजारमा आफूले ३ लाख ८७ हजार रुपैयाँ थप गरी आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा सांसद सिंहले आफूले निर्वाचनका बेला जनताको सेवकको रुपमा काम गर्ने वाचा गरेको स्मरण गराउँदै जनतासँग गरेको मध्य एउटा कसम पूरा गरेको बताए ।

कार्यक्रममा डाक्टर रुइतले सांसद सिंहले गरेको सहयोग अन्तरआत्माबाट आएको मनोभावनाका रुपमा लिनुपर्ने जानकारी दिए ।  सांसद सिंहले गरेको सहयोग गरिब जनतामा पुर्‍याउने उनले बताए ।

कार्यक्रममा हेटौंडा सामुदायिक आँखा अस्पताल व्यवस्थापन समितिका संरक्षक सिद्धीलाल श्रेष्ठ, निवर्तमान मेयर हरिबोल महत, हेटौंडा वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे लामालगायतको आतिथ्य रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट