मकवानपुरमा डेंगु संक्रमण बढ्दै

मकवानपुर, २१ साउन ।
मकवानपुरमा डेंगु संक्रमण बढ्दै गएको छ । आइतबार मकवानपुरमा १४ जनामा डेंगु संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हेटौंडा उपमहानगरपालिकाका १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । यस्तै, बकैया गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनामा डेंगु पुष्टि भएको छ ।

गत साउन १ गतेदेखि हालसम्म जिल्लामा ४३ जनामा डेंगु पुष्टि भइसकेको छ । २० दिनको अवधिमा हेटौंडा उपमहानगरपालिकाका ३५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका एक–एक जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । डेंङ्गु पुष्टि भएका मध्ये एक जना भने मकवानपुर बाहिरका रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट