रोटर्‍याक्ट क्लबद्वारा पीस जोन इङ्लिस स्कुल `शक्ति : महिनावारी सचेतना´ कार्यक्रम

भरतपुर, १७ साउन ।
रोटर्‍याक्ट क्लब अफ भरतपुरले पीस जोन इङ्लिस स्कुल भरतपुर-८ मा `शक्ति : महिनावारी सचेतना´ शृंखला ३, सम्पन्न गरेको छ । रोटर्‍याक्ट क्लब अफ भरतपुरले यस प्रोजेक्टको अघिल्लो दुई शृंखला हिलबड स्कुल
र नारायणी माविमा सम्पन्न गरिसकेको छ ।

कार्यक्रमको अध्यक्षता सोही स्कुलका प्रिन्सिपल मुक्तिनाथ अधिकारीले गरेका थिए भने अतिथिका रुपमा क्लबका सचिव रोटर्‍याक्टर सुशान्त रेग्मीको उपस्थिति रहेको थियो

रोटर्‍याक्टर आस्ना अवस्थी र रोटर्‍याक्टर दीपा मेहता रिसोर्स पर्सन रहेको सो कार्यक्रममा महिनावारीको मुख्य कारण, महिनावारीको बेलामा हुने समस्याहरु, त्यसका समाधानका उपाय साथै महिनावारीसँग जोडिएका विद्यार्थीका अन्य जिज्ञासाहरुमा छलफल भएको थियो ।

रोटर्‍याक्ट क्लब अफ भरतपुरले सो कार्यक्रममार्फत ७० जना भन्दा बढी छात्राहरुलाई महिनावारीबारे शिक्षा दिन सफल भएको छ ।

कार्यक्रमको अन्त्यमा पीस जोन इङ्लिस स्कुलका प्रिन्सिपलद्वारा क्लबलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो भने रोटर्‍याक्ट क्लब अफ भरतपुरले आफ्नो वार्षिक पुस्तिका `यात्रा´ स्कुल व्यवस्थापनलाई हस्तान्तरण गरेको यस कार्यक्रमकी संयोजक रोटर्‍याक्टर आस्ना अवस्थीले जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट