दोस्रो एक्सपर्ट फुटसल फेस्टा सुरु, १६ टिम दोस्रो चरणमा प्रवेश

चितवन, १७ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ सुरु भएको छ । भरतपुरस्थित शरदपुर फुटसल एरिनामा सुरु भएको फुटसल प्रतियोगिताको भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनालले म्याच बल रेफ्रीलाई हस्तान्तरण गरेर समुद्घाटन गरे । सो क्रममा बोल्दै वडाध्यक्ष खनालले स्कुल तथा कलेजका विद्यार्थीहरुलाई […]

सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड फुटबल हुँदै

देवघाटधाम, १७ साउन । तनहुँको देवघाट गाउँपालिका ५ देवपुरमा शनिबारदेखि सेन्ट्रल कलेज प्रथम देवपुर सेभेन ए साइड खुला नकआउट फुटबल हुने भएको छ । श्री गाउँ सुधार समिति देवघाट ५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । देवघाटमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा ४० टोली सहभागी हुने […]

पपुलरद्वारा ३० जनालाई निःशुल्क कपाल काट्ने तालिम

भरतपुर, १७ साउन । भरतपुरको सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले युवालाई निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ । सीप सिकेर स्वदेशमै व्यवसाय गर्न सक्ने बनाउन तालिम सञ्चालन गरिएको हो । उक्त सैलुनले ३० युवायुवतीलाई निःशुल्क तालिम सञ्चालन गरेको हो । सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार तालिममा सहभागी आधाभन्दा बढी महिला छन् । ब्युटीपार्लर […]

भरतपुर-१६ को विजयटोलमा सानो आकारको पुस्तकालय स्थापना

भरतपुर, १७ साउन । भरतपुर महानगरपालिका वडा नम्बर-१६ विजयनगरस्थित विजयटोलमा सडक छेउमा सानो आकारको पुस्तकालय सञ्चालनमा आएको छ । बिहीबार बिहान भरतपुर- १६ का वडाध्यक्ष अमृतराज हमालले पुस्तकालय उद्घाटन गरेका हुन् । जयनेपाल इन्टरनेशनल फाउन्डेसनले `टोलटोलमा पुस्तकालय´लाई अभियानको रूपमा लैजाने योजना अनुरुप भरतपुरबाट पुस्तकालय बनाउने अभियान सुरु गरेको हो । फाउन्डेसनबाट टोलटोलमा पुस्तकालय अभियानको संयोजकको […]

रोटर्‍याक्ट क्लबद्वारा पीस जोन इङ्लिस स्कुल `शक्ति : महिनावारी सचेतना´ कार्यक्रम

भरतपुर, १७ साउन । रोटर्‍याक्ट क्लब अफ भरतपुरले पीस जोन इङ्लिस स्कुल भरतपुर-८ मा `शक्ति : महिनावारी सचेतना´ शृंखला ३, सम्पन्न गरेको छ । रोटर्‍याक्ट क्लब अफ भरतपुरले यस प्रोजेक्टको अघिल्लो दुई शृंखला हिलबड स्कुल र नारायणी माविमा सम्पन्न गरिसकेको छ । कार्यक्रमको अध्यक्षता सोही स्कुलका प्रिन्सिपल मुक्तिनाथ अधिकारीले गरेका थिए भने अतिथिका रुपमा क्लबका […]

चितवन जिल्ला लिगको सेमिफाइनलमा बिएफसी र पानस

चितवन, १७ साउन । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र पानस युवा क्लब सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार समूह ए को अन्तिम दुई खेल सम्पन्न भएसँगै बिएफसी र पानसले सेमिफाइनलमा स्थान बनाएका हुन् । लिगको ६ खेलमा ५ जित र एक हार व्यहोरेको बिएफसी १३ अंक […]

बागमती प्रदेशद्वारा सरकारलाई तीन निर्देशन

मकवानपुर, १७ साउन । बागमती प्रदेश मामिला समितिले सरकारलाई ३ वटा विषयमा निर्देशन दिएको छ । बुधबार बसेको प्रदेश मामिला समितिको बैठकले प्रदेश लोकसेवा आयोगसँग सम्बन्धित २ र विपद् व्यवस्थापनसँग सम्बन्धित १ वटा निर्णयसहित प्रदेश सरकारलाई निर्देशन दिएको हो । समिति सभापति छिरिङ दोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले प्रदेश लोकसेवा आयोगको अध्यक्ष तत्काल नियुक्त गर्न […]

दोस्रो एक्सपर्ट फुटसल फेस्टा २०२४ को खेल तालिका सार्वजनिक

चितवन, १६ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ‘दोस्रो संस्करणको विद्यालय÷कलेज एक्सपर्ट फुटसल फेस्टा–२०२४’ को खेल तालिका सार्वजनिक गरिएको छ । एक्सपर्ट बेस क्याम्प भरतपुरमा चितवन जिल्ला फुटबल संघले एक कार्यक्रमका बीच टाइसिट ड्र गरेको थियो । त्यस अनुरुप उद्घाटन खेलमा उषा कलेज भरतपुर–१५ मंगलपुर र लिटिल […]

सँझ्यामा गणेश, सीता र सञ्जयको कविता वाचन हुने

भरतपुर, १७ साउन । सँझ्या साहित्यको नयाँ शृङ्खलामा य:मरीको साथमा कवितापारखीले कविताको स्वाद लिन पाउने भएका छन् । कला र कविताका लागि सँझ्या साहित्य अन्तर्गत यसपटक तीन कविका कविता सुन्ने कार्यक्रम राखिएको छ । साउन १९ गते शनिबार दिउँसो २:३० बजे नयाँ थिमिस्थित बाइट्ज एन्ड बिन्ज क्याफेमा सँझ्या साहित्य शृंखलामा चितवनका कवि गणेश श्रमणसहित सीता तुम्खेवा […]