अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भरतपुरकी साम्राज्ञीलाई कास्य पदक

चितवन, १५ साउन ।
भारतको कोलकत्तास्थित नेताजी इन्डोर स्टेडियममा भएको आठौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भरतपुरकी साम्राज्ञी स्नेही प्रधानले कास्य पदक प्राप्त गरेकी छन् । जुलाई २६ देखि २८ सम्म आयोजना गरिएको प्रतियोगितामा ४५ किलो समूहमा उनले कास्य पदक प्राप्त गरेकी हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर – २, क्षेत्रपुर निवासी डा. मनोहर प्रधान र डा.संगीता प्रधानकी छोरी साम्राज्ञी भरतपुरमा कक्षा ८ मा अध्ययनरत छन् । उनी व्यक्तिगत रुपमा प्रतियोगितामा सहभागी भएकी हुन् । उनले यसअघि भरतपुर मेयर कपमा पनि कास्य पदक प्राप्त गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट