मानव वेचबिखन बिरुद्धको विश्व दिवस : चितवनमा विभिन्न कार्यक्रम

चितवन, १५ साउन `मानव वेचबिखन बिरुद्धको लडाईमा कुनै पनि बालबालिकालाई पछाडी नछोडौँ´ भन्ने नाराका साथ बुधवार मानव वेचबिखन बिरुद्धको अन्तराष्ट्रिय दिवस २०२४ मा विविध जनचेतनामुलक कार्यक्रम गरिएको छ । हरेक वर्ष जस्तै यो वर्ष पनि ३० जुलाईको अवसरमा विश्वभर मानव वेचबिखन बिरुद्धको दिवस मनाईएको छ । दिवसको अवसरमा चितवनमा पनि विविध जनचेतनामुलक कार्यक्रमसहित मानव वेचबिखन […]

सीप सिकेका ४ सय युवा दीक्षित

माडी, १५ साउन । युवा सीप वर्ष- २०८१ अन्तर्गतका विभिन्न तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा चितवनको भरतपुर र माडीका करिव ४०० जना युवालाई नि:शुल्क सीप विकास तालिम दिइएको थियो । `सिर्जनशीलता र उद्यमशीलता प्रबर्द्धन, बागमतीमा युवा सशक्तीकरण´ अभियानसहित बिल्डिङ इलेक्ट्रिसियन, प्लम्बर, ब्युटिसियन, कुक, वेटर, वेट्रेस, डकर्मी, ड्राइभिङ, बेमौसमी […]

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मकवानपुर, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप मंगलबार विश्वासको मत लिएका हुन् । मुख्यमन्त्री लामा प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको […]

गणेशधाम मन्दिर परिसरमा वृक्षरोपण

भरतपुर, १५ साउन । लायन्स क्लब अफ नारायणगढ दियालो, लियो क्लब अफ नारायणगढ दियालो र कृष्ण केशव फाउन्डेसनको संयुक्त आयोजनामा भरतपुर- ११ वसेनीस्थित गणेशधाम मन्दिरको परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन असिम हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रीक्ट गभर्नर पीएमजेएफ लायन दिनानाथ […]

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भरतपुरकी साम्राज्ञीलाई कास्य पदक

चितवन, १५ साउन । भारतको कोलकत्तास्थित नेताजी इन्डोर स्टेडियममा भएको आठौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा भरतपुरकी साम्राज्ञी स्नेही प्रधानले कास्य पदक प्राप्त गरेकी छन् । जुलाई २६ देखि २८ सम्म आयोजना गरिएको प्रतियोगितामा ४५ किलो समूहमा उनले कास्य पदक प्राप्त गरेकी हुन् । भरतपुर महानगरपालिका वडा नम्बर – २, क्षेत्रपुर निवासी डा. मनोहर प्रधान र डा.संगीता […]