स्पेन चौथोपटक युरोपियन च्याम्पियन

भरतपुर, ३१ असार ।
स्पेनले चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो ।
खेल स्पेनले २–१ ले आफ्नो पक्षमा पार्‍यो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।
यसअघि पहिलो हाफ गोलरहित, बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए ।

तर, ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट