मदन भण्डारीलाई सम्झिँदै दासढुंगामा मदन आश्रित स्मृति सभा

भरतपुर, ३ जेठ ।

३१ औं मदन आश्रित स्मृति दिवसमा बिहीबार दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजनामा भरतपुरको दासढुंगास्थित मदन स्मृति पार्कमा सभा सम्पन्न गरिएको हो ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमयी जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

दासढुंगामा आयोजना गरिएको स्मृति सभामा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलिया, पूर्वसांसद कृष्णभक्त पोखरेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठकलगायत अन्य पदाधिकारीसहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सबैले मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीले देखेका अन्य थुप्रै सपनाहरु पूरा गर्न आगामी ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

मन्त्री जेएन थपलियाले देशको परिवर्तनको बाहक मदन भण्डारीलाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको बताए । अहिले नेपालको राजनीति जबज अर्थात मदन भण्डारीको विचार वरपर घुमिरहेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट