२०८१ जेठ ४ गते शुक्रबारको कायाकैरन दैनिक (ePaper)

लहैलहै जिन्दगी
‘नमस्कार ।’ झल्याक्क फेसबुक म्यासेन्जरमा पुरु लम्साल देखिए । म्यासेज बक्समा पुगें । पुरु लम्सालको म्यासेन्जरमा हरियो बत्तीको उपस्थिति देखियो । ‘सर नमस्कार ।’ प्रतिउत्तरमा लेखेर पठाएँ । ‘आराम ?’ उताबाट प्रतिक्रिया आयो । ‘ठिक छु सर । तपाईंको ?’ किबोर्डमा इन्टर हानें । म्यासेन्जरले लेखेको कुरा उता पठायो । ‘आराम छु ।’ उताको जवाफ […]
मानवताका पक्षमा ‘ऐँठन’

‘ऐँठन’ उपन्यास उपन्यासकार विवेक ओझाद्वारा संरचित उपन्यास हो । यसको आवरण अनामिका गौतमले तयार पारेकी हुन् । २०७९ साल फागुन महिनामा प्रकाशित यो पुस्तकको दोस्रो संस्करण (२०८० असोज) पनि प्रकाशित भइसकेको छ । गरिमामय मदन पुरस्कार प्राप्त गर्न सफल यो उपन्यासलाई सांग्र्रिला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको हो । जम्मा ३८० पृष्ठमा संरचित यो उपन्यास […]
बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ पुग्यो
मकवानपुर, ३ जेठ । बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ वटा पुगेको छ । बुधबारको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद विभागलाई अलग्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णयसँगै प्रदेशमा मन्त्रालयको संख्या १३ वटा पुगेको हो । यसअघि कायम रहेकाे १२ वटा मन्त्रालयबाट १३ बनाउने निर्णयसँगै बिना विभागीय मन्त्री नेकपा एकीकृत समाजवादीकी रमा […]
नगरप्रमुख न्यौपानेद्वारा कारितास नेपालको परियोजना अनुगमन

देवचुली, ३ जेठ । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने सहितको टोलीले कारितास नेपालद्वारा देवचुली- १ मा सञ्चालित जीविकोपार्जन सम्बन्धि परियोजनाको अनुगमन गरेको छ । कारितास नेपालले कृषिसँग सम्बन्धित कार्यक्रम अन्तरगत नवलपुरमा जलवायु परिवर्तन तथा जीविकोपार्जन सम्बन्धि परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले देवचुली- १ मा सञ्चालन गरेको परियोजनाका उपलब्धिहरु, कृषकहरुले उत्पादन गरेका तरकारी खेती, पशुपालनलगायतको […]
चिरागले ल्याइन् `लौरी हजुरबुबाको´ बालगजलसङ्ग्रह

भरतपुर, ३ जेठ । गजलकार विद्या भण्डारी चिरागको बालगजलसङ्ग्रह `लौरी हजुरबुबाको´ प्रकाशन भएको छ । पण्डित नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठान गुठीले प्रकाशन गरेको कृतिमा चिरागका २० वटा सचित्र गजल छन् । गजलसँगै राखिएका चित्र नवीनभक्त अधिकारीले बनाएका हुन् । चिरागको यो आठौं कृति हो । यो पुस्तक हजुरबुबाको दैनिकी भएको चिरागले बताइन् । `यो किताब […]
मदन भण्डारीलाई सम्झिँदै दासढुंगामा मदन आश्रित स्मृति सभा

भरतपुर, ३ जेठ । ३१ औं मदन आश्रित स्मृति दिवसमा बिहीबार दासढुंगामा स्मृति सभा सम्पन्न भएको छ । नेकपा एमाले चितवनको आयोजनामा भरतपुरको दासढुंगास्थित मदन स्मृति पार्कमा सभा सम्पन्न गरिएको हो । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमयी जिप […]
कृषि क्षेत्रमा उल्लेखनीय सुधार भएको छ : महानगर प्रमुख दाहाल

भरतपुर, ३ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् । बिहीबार भरतपुर ७ मा निर्मित प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् । भरतपुर महानगरपालिकाले […]
राउण्ड टेबल नारायणगढद्वारा सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान

भरतपुर, ३ जेठ । चितवनका व्यवसायीहरुको साझा सामाजिक संस्था राउण्ड टेबल १४, नारायणगढले चितवनका दुई वटा सामुदायिक विद्यालयका १५९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बुधबार नारायणगढमा आयोजित एक कार्यक्रमका बीच बालकुमारी मावि नारायणगढका ४४ विद्यार्थी र मोहनपुर आधारभूत विद्यालयका ११५ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो । राउण्ड टेबल १४ नारायणगढका अध्यक्ष डा. […]
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर, ३ जेठ । बागमती गाउँपालिका–४ सादेपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका भएकाे दुर्घटनामा हेटाैंडा-१३ पदमपोखरीका ४५ वर्षीय केशव मुडबरीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कुटर रड बाेकेकाे ट्याक्टरमा ठाेकिएर दुर्घटना हुँदा मुडबरी घाइते भएका थिए । उनको […]
प्रशिक्षक जगत टमाटा हेटौंडामा सम्मानित

मकवानपुर, ३ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक एवम् यु-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा बुधबार हेटौंडामा सम्मानित भएका छन् । रोटरी क्लव अफ हेटौँडाले बुधबार नगद १ लाख रुपैयाँ राशिकाे भोकेशनल एक्सिलेन्स अवार्डबाट टमाटालाई सम्मानित गरेको हो । मातृभूमिलाई कर्मथलो बनाई नेपाली क्रिकेट खेल र खेलाडीहरुको विकासमा मुख्य प्रशिक्षक भएर नेपाल क्रिकेट […]